आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै

आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् । 

सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा र तीन जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । तीन दिनअघिसम्म सघन उपचार कक्षमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार व्यवस्थापन भइरहेको थियो । 

प्रदेशमा कोभिड–१९ का ३७८ सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, बझाङ, डडेल्धुुरा र डोटीमा गरी ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमण र मृत्यु हुनेदर बढेसँगै भारतबाट फर्किने नेपाली पनि बढ्दै गएका छन् । नेपाल फर्किनेमा कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन सीमाक्षेत्रका ‘हेल्थ डेस्क’मार्फत एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको छ ।

Skip This
Skip This
Logo