साताको अन्तिम दिन नेप्से परिसूचक १५.८० अंकले वृद्धि

साताको अन्तिम दिन नेप्से परिसूचक १५.८० अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक १५.८० अंकले वृद्धि भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार १५.८० अंकले बढेर २ हजार ६४८ अंकमा पुगेर कारोबार बन्द भएको छ।

यो साता नेप्से परिसूचक निरन्तररुपमा गिरावट आएको छ। नयाँ वर्ष लागेसँगै नेप्से २७ सय विन्दु पार गरेको थियो । तर उक्त विन्दु धेरै दिन टिक्न सकेको थिएन। 

आज कारोबारको अन्तिम दिन सेन्सेटिभ इन्डेक्ससमेत ३.२१ अंकले वृद्धि भएको छ । त्यस्तै, म्युचुअल फण्ड, होटल र टुरिजम बाहेक शेयर बजारका सबै उपसूचकहरुमा हरियाली छाएको छ । जसमा विकास बैंक ३८.१७ बैंक ९.२२, व्यापार ११.१२, निर्जीवन बीमा ११४.०९, जीवन बीमा ११४.६, हाइड्रो पावर ४.९८ अंकले वृद्धि भएको छ।

आज कारोबारमा आएका २१७ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा १ करोड ३० लाख ३२ हजार कित्ता शेयर ५ अर्ब ९१ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको किनबेच भएको छ । यो साता नेप्से परिसूचकसँगै कारोबार रकम समेतमा गिरावट आएको छ। एक साता अघि बिहीबार नै ८ अर्ब ६३ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको थियो। 

आज ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

आज हिमालयन उर्जाको शेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यसैगरी, पञ्चकन्या माइ हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स, रिडी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको आज ६२ करोड २७ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआईसी एशिया लघुवित्तको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

Skip This
Skip This
Logo