पाँच सयले घट्यो सुनको मूल्य, कति छ आज ?

पाँच सयले घट्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ५ सयले घटेको हो। बिहीबार २ सयले बढेको थियो । बुधबार १३ सयले बढेको थियो । यस्तै मंगलबार ३ सयले घटेको थियो भने सोमबार ३ सयले बढेको थियो। आइतबार पनि सुन २ सयले बढेको थियो।

गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो। बिहीबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३२० मा कारोबार भइरहेको छ।

Logo