नयाँ धरहरा कहिल्यै ढल्दैन : प्रधानमन्त्री ओली

नयाँ धरहरा कहिल्यै ढल्दैन : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने, आधुनिकता टल्किने कहिल्यै नभत्किने आधुनिक धरहरा निर्माण गरिएको बताएका छन्। 

आज नवनिर्मित २२ तले धरहरा उद्घाटन गर्दै ओलीले अब धरहरा कहिल्यै नढल्ने जिकिर गरे। 

सम्बोधनकै क्रममा ओलीले भूकम्प जाँदा धरहरा भत्किदा दुर्घटनाबाट बचेकाहरुलाई धरहरामा रोजगारी दिइने पनि उद्घोष गरे । 

प्रधानमन्त्री ओलीले धरहरामा सबैलाई अनुकुल नभए जहाँ भएपनि रोजगारी दिइने बताए। 

धरहरा उद्घाटन गर्दै गर्दा ओलीले धरहराबाट खसेर बाँचेकी रमिला श्रेष्ठलाई सम्मान पनि गरेका छन् । ओलीले ऐतिहासिक आधुनिक धरहरा उद्घाटन भएको दिनमा सबै नेपालीले दीपावली गर्न अनुरोध पनि गरे।

Logo