पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्ट नजिक आज से १ ख ६२४ नम्बरको मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले साइड दिने क्रममा नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।
बसमा सवार घाइते १५ जनामध्ये ११ को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक र टि एण्ड सि हस्पिटलमा उपचार भइरहेको छ। बाँकी चारमध्ये तीन जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ भने एक जनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





























प्रतिक्रिया