भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी

भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी

केन्द्रबिन्दु
0
Shares

नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् । पाँच खेलमा चार अर्धशतकसहित कूल २७८ रन बनाएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् । 

प्लेयर अफ दि सिरिज भएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए ।

भुर्तेल एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अर्धशतक बनाउने कीर्तिमानसमेत बनाए ।

यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बने । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए । 

Logo