देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। 

पार्टी समायोजनका विषयमा सहमति जुटाउनका लागि पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठक आज दिउँसो २ बजे बस्नेछ । 

आगामी १४औं महाधिवेशनका लागि यस अघि कांग्रेसले निर्धारण गरेको कार्यतालिका अनुसार कतिपय कामहरु अझै हुन सकेका छैनन्। पार्टीको विधान अनुसार महाधिवेशन गर्न नसकेर संविधान अनुसार सहायता लिंदै कांग्रेसले भदौ ७–१० गतेसम्मका लागि महाधिवेशन घोषणा गरेको छ। 

Logo