उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। 

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरु बैशाख १३ गतेदेखि २० गते सम्मका लागि स्थगित गरिएको बताए। 

स्थगित गरिएका सेवाहरुमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।

Skip This
Skip This
Logo