सरकारले निषेधाज्ञा घोषणा गरेसँगै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।
कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।
विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताएका छन्।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिन सुरु भएको छ । सरकारले भाइरस रोकथामको लागि १६ गतेदेखि १५ दिनको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ।






























प्रतिक्रिया