काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार) पनि देखिएको छ। भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरुको भीड बढेको हो। भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन्।
.png)
बुधबार पनि गंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समयसम्म रहने आशंकासहित मानिसहरु घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो। भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन्। लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो। टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन्।
.png)
टिकट खरिद गर्नका लागि भीडमा बस्नु पर्दा कोभिड सर्ने हो की भन्ने डर यात्रुहरुमा छ। कतिपय यात्रुहरु मास्कको प्रयोग ठिक ढङ्गले गरिरहेका देखिंदैनन्। त्यस्तै स्वास्थ्य मापदण्डका कुनैपनि विधिहरु अवलम्बन गरिएको पनि देखिंदैन। भीड हेर्दा यस्तो लाग्छ की कतै यहिंबाट मानिसहरु संक्रमणमा परेर गाउँगाउँमा पुग्दैछन्।
.png)
कतिपय यात्रुहरुले निषेधाज्ञा जारी हुनु भन्दा अगाडि दुई दिन मात्रै समय दिंदा भिडभाड बढेको बताएका छन्। कोभिड संक्रमण हुन सक्ने जोखिम हुँदाहुँदै पनि आफूहरु टिकट लिन भीडमा जानुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ।
.png)
नयाँ बसपार्कबाट देशभरका सबै जिल्लाका लागि सार्वजनिक यातायात छुटने गर्छन्। यहाँबाट दैनिक ८ सयदेखि एक हजारको संख्यामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन्। अन्य समयमा यात्रु नपाएर खाली हिंड्न बाध्य सार्वजनिक यातायातहरु मंगलबार र बुधबार भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्।































प्रतिक्रिया