प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा रहेको भन्ने समाचार तथ्यहीन भएको उनको सचिवालयले जनाएको छ।
प्रेस सल्लाहकार सूर्य थापाले मिडियाले तथ्यहीन समाचार सम्प्रेषण गरेर भ्रम फैलाएको आरोप लगाएका छन्।
थापाका अनुसार उक्त कार्य खेदजनक हो। बिहीबार ट्वीट गर्दै उनले पुष्टिबिना दुष्प्रचारमा संलग्न नहुन आग्रह पनि गरे।
आक्रोशित हुँदै उनले मिडियाको आवरणमा यसरी प्रचार गर्नु सर्वथा गलत भएको बताए।































प्रतिक्रिया