आईपीएल : मुम्बई इन्डियन्सद्वारा कोलकाता ८ विकेटले पराजित

आईपीएल : मुम्बई इन्डियन्सद्वारा कोलकाता ८ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मुम्बई इन्डियन्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै मुम्बईले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौथो स्थानमा छ ।

Logo