बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन ४ सयले बढेको हो। आइतबार १ सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ।

Logo