कांग्रेस पदाधिकारी बैठक स्थगित

कांग्रेस पदाधिकारी बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज बस्ने तय भएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने तय भएको थियो। 

पार्टीका केही शीर्ष नेताहरु अस्वस्थ भएकाले बैठक स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ । बैठक भोलि बस्नेछ ।

बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुने कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि कांग्रेसले बैठक आह्वान गरेको हो।

बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे छलफल र समीक्षा हुने कांग्रेसले जनाएको छ।

Logo