सोमबार स्थगित कांग्रेस पदाधिकारी बैठक आज बस्दै

सोमबार स्थगित कांग्रेस पदाधिकारी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको हो। बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन्।

यस अघि सोमबार बस्ने तय भएको पदाधिकारी बैठक पार्टीका शीर्ष नेताहरु बिरामी भएको भन्दै कांग्रेसले आजका लागि स्थगित गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि कांग्रेसले बैठक आह्वान गरेको हो।

आजको बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे छलफल र समीक्षा हुने कांग्रेसले जनाएको छ।

Logo