सभामुख सापकोटाको रिपोर्ट नेगेटिभ, चार सांसदको भने पोजेटिभ

सभामुख सापकोटाको रिपोर्ट नेगेटिभ, चार सांसदको भने पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ। 

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। 

संसद सचिवालयले बुधबारदेखि सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब लिएको थियो । यो क्रम आज पनि जारी छ। हिजो स्वाव दिन छुटेका सांसदहरुले आज लोत्से हल पुगी स्वाव दिएका छन् । 

त्यसैगरी अन्तराष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने सचिवालयले जनाएको छ ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ।

Skip This
Skip This
Logo