उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने पैदलयात्रीलाई एक सय रुपैयाँ जरिवाना (भिडियोसहित)

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने पैदलयात्रीलाई एक सय रुपैयाँ जरिवाना (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार निषेधाज्ञा उल्लंघन गर्नेहरुमाथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना लिइएको हो। 

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार, विहीबार काठमाडौं उपत्यकामा मात्रै निषेधाज्ञा उल्लंघन गर्ने १ सय बढीलाई जनही १ सय रुपैयाँका दरले जरिवाना गरिएको छ। त्यसैगरी, ६ सय ४९ जना पुरुष र २ सय २३ जना महिलालाई होल्डिङमा राखिएको छ। निषेधाज्ञा उल्लंघन गर्ने २ सय ७०  चार पाङग्रे सवारीसाधन र ६ सय ९८ दुई पाङग्रे सवारीसाधन लाई पनि होल्डिङमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रहरीले १६ गतेदेखि आज २३ गते सम्म निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ६४ पुरुष र २ हजार ९ सय ३८ जना महिला तथा ४ हजार २ सय ३१ चार पाङग्रे सवारीसाधनलाई होल्डिङमा राखिएको जनाएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको गत मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गर्दै २९ गते सम्मका लागि लम्ब्याएको थियो। यसअघि वैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। संक्रमणको दर बढ्दै गएपछि बैठकले निषेधाज्ञाको समय बढाएको थियो।

निषेधाज्ञामा उल्लंघन गर्ने क्रम बढेपछि दोश्रो चरणको निषेधाज्ञा सुरु भएकै दिन विहीबार त्यस्ता व्यक्तिबाट जरिवाना लिन सुरु गरिएको हो। अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गर्दै गर्दा निषेधाज्ञा उल्लंघन हुने क्रम पनि नरोकिएपछि जरिवाना गरिएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo