शिल्पाको सबै परिवारका सदस्यहरुमा कोरोना संक्रमण

शिल्पाको सबै परिवारका सदस्यहरुमा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री शिल्पा सेट्टीको पूरा परिवार कोरोनाबाट संक्रमित भएका छन्। उनी आफैँ भने कोरोनाबाट जोगिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो परिवारका सदस्यहरु कोरोनाबाट संक्रमित भएको बताएकी हुन्। शिल्पाले श्रीमान, सासु, ससुरा, श्रीमान्, छोरी, छोरा र आमामा कोरोना संक्रमण देखिएको बताएकी छन्।

उनले विगत दस दिनदेखि आफ्नो परिवारमा कोरोनाको चपेटामा परेको र स्वास्थ्यको सबै मापदण्ड पालना गरिरहेको बताएकी छन्। उनको परिवार होम आइसोलेसनमा रहेर उपचार गराइरहेकी छन्। शिल्पाले सबैजनालाई अनिवार्य मास्क लगाउन आग्रह गरेकी छन्। 

Logo