संवैधानिक आयोगमा पदपूर्तिका लागि बलमिच्याइँ नगर्न प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनी

संवैधानिक आयोगमा पदपूर्तिका लागि बलमिच्याइँ नगर्न प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनी

केन्द्रबिन्दु
0
Shares

एमाले नेता माधवकुमार नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै नेता नेपालले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा उपस्थित नहुने भएका छन्। 

यस्तो अवस्थामा अध्यादेशमार्फत् प्रधानमन्त्रीले बलमिच्याइँ गर्न नहुने नेपालको भनाइ छ। उनले अहिले मुलुकको ध्यान कोरोना नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि सुझाव दिएका छन्।

नेता नेपालले लेखेका छन्, “कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन। अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।”

Skip This
Skip This
Logo