पूजा, आकाश र आँचलको अभिनयमा ‘धारै नखोली’ बजारमा (भिडियो)

पूजा, आकाश र आँचलको अभिनयमा ‘धारै नखोली’ बजारमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

कलाकारहरु नायिकाद्वय पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एक म्युजिक भिडियोमा एकसाथ देखिएका छन्। गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो। 

भिडियोमा गायक रोशनको पनि अभिनय देख्न सकिन्छ। गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ।

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन्। भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ। 

भिडियोमा पूजा, आँचल, आकाश र रोशनसँग रोमान्टिक देखिएका छन्। विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन्।

 

Logo