राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना भइरहने बताएका छन्।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु भन्दा अगाडि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संसदीय हिसाबमा कमजोर बनेका प्रधानमन्त्रीले अबका केही घण्टामा नाटकीय परिवर्तन नभए विश्वासको मत गुमाउनु हुने र राजीनामा आउन सक्ने तर विवाद र असफलताका बाबजुत लिम्पियाधुरा समेटिएको नेपालको नक्सा प्रकाशित गर्नु र देशलाई विखण्डन गरि छुट्टै मधेस राष्ट्र निर्माण गर्नु पर्ने विखण्डनकारी माग बोकेको सिके राउतलाई मुलधारमा ल्याउने कामका लागि सधैं प्रधानमन्त्री ओलीको सम्झना आउने बताए।
राप्रपा अध्यक्ष थापा भन्छन्, 'नाटकिय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला, फेरि प्रम बन्न सक्नुहोला।
जेहोस् अनेक विवाद, असफलताका वावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ।'
आज बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्ने छन् । तर उनकै पार्टी नेकपा (एमाले)का करिब दुई दर्जन सांसद्ले संसदमा नजाने र नेपाली काँग्रेस, माओवादी केन्द्रले विश्वासको मत नदिने प्रष्ट पारिसकेका छन् भने जनता समाजवादी पार्टीले विश्वासको मत दिने र नदिने विषयमा आफ्ना सांसद्हरुलाई स्वतन्त्रता दिएको जनाएको छ।





























प्रतिक्रिया