साताको दोस्रो दिन आज सुनको मूल्य सामान्य बढेको छ। सुन आज २ सय रुपैयाँले बढेको हो। आइतबार १ सयले बढेको थियो।
गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन बिहीबार ३ सयले नै बढेको थियो। शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३६० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया