आफ्नाविरुद्ध भ्रमपूर्ण हल्ला फैलाउने काम नगर्न प्रधानमन्त्रीको चेतावनी

आफ्नाविरुद्ध भ्रमपूर्ण हल्ला फैलाउने काम नगर्न प्रधानमन्त्रीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्ध भ्रमपूर्ण हल्ला फैलाउने काम नगर्न चेतावनी दिएका छन् ।

आफ्नो विश्वासको मतको प्रस्तावका सम्बन्धमा सदनमा आएको जिज्ञासाको जवाफ दिदै उनले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराएका हुन्। कोभिड १९ संक्रमणको जोखिममा मुलुक परिरहेका बेला मिलेर अघि बढ्नु पर्ने बेलामा तनाब बढाउने, अनेकतातर्फ देशलाई लैजाने परिस्थिति होइन। उनले नेपालको राजनीति माखे साङ्लो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिए। असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेकाले मित्थ्या आरोपको खेती नगरि तनाब बनाउने काम नगर्न पनि उनले सचेत गराए।

उनले केही समय अघि लोकतान्त्रिक पद्धतिविरुद्ध आन्दोलनरत रहेकाले लोकतान्त्रिक आन्दोलनको चिन्ता गरेकोमा आफूलाई खुसी लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गरे।

कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने गरेको भन्दै उनले चुनाव हुँदा लोकतन्त्र खतरामा नपर्ने बताए।

उनले संसदको स्थायित्वका लागि आफस्लाई मतदान गरि संसदलाई बचाउन पनि आग्रह गरे। उनले भने, “संसद विघटन होला कि भन्ने चिन्ता छ। मत दिनुहोस् न कसरी विघटन हुन्छ ?”

उनले आफूले सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले सरकारको नेतृत्व गर्ने हक राख्ने पनि बताए। उनले नेपाल खनाल पक्षका सांसदहरु सदनमा उपस्थित नभएको कुरा पनि आफूले बुझेको बताए।

संवाद, सहमति र समझदारीका साथ देश अघि बढ्न आवश्यक रहेको भन्दै विगतका कुरा छोडेर नयाँ ढंगले अघि बढ्न पनि उनले प्रस्ताव गरे। उनले खुट्टा तान्ने मात्रै नभई कोभिड विरुद्धको लडाईं, देशको राजनीतिक स्थिरताका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गरे।

Logo