नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथदेखि थाइल्याण्डमा संकटकालसम्म (भिडियोसहित)

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथदेखि थाइल्याण्डमा संकटकालसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ खुवाएकी हुन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कोभिड–१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भनी लोकसेवा आयोगले बनाएको स्वास्थ्य मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगका परीक्षामा सहभागी हुन पाउने गरी व्यवस्था गर्नुपर्ने भन्दै यस्तो आदेश जारी गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गत चैतदेखि बन्द रहेको नेपाल भारत हवाई उडान अझै पनि खुल्न सकेको छैन । यस्तो अवस्थाले थुप्रै सेवाग्रही मारमा परेका छन् । भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीदेखि नियमित उपचार गराउने बिरामीसम्म मर्कामा परेका हुन् ।

त्यस्तैगरी लामो समय बन्द रहेको सार्वजनिक यातायात क्षेत्रलाई सरकारले गत २६ गतेबाट पूर्ण सिट क्षमतामा चलाउन अनुमति दिएको छ । साथमा भाडा दर पनि पुरानै कायम गर्न भनिएको छ । तर, व्यावसायीहरूले भने, भाडादर दोब्बर नै असुलीरहेको जन गुनासो बढेको छ । यता, सार्वजनिक यातायातका सम्बन्धमा भएका निर्णयको अनुगमन तथा नियमनकारी निकाय भने सरकारकै निर्णयप्रति बेखवर बनेको छ ।

थाइल्याण्डका नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजा विरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजा विरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरिएको छ । शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले आरोप लगाएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Skip This
Skip This
Logo