ल्होत्से र पुमरी हिमाल आरोहण सुरु

ल्होत्से र पुमरी हिमाल आरोहण सुरु

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण सुरु भएको छ। आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएका ६ सदस्य आरोही साेमबार साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जनाएको छ। ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन्। 

विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा सुरु भएको बताए। त्यसैगरी पुमरी (७,१६१ मिटर) हिमालको सफल आरोहण पनि भएको छ। चार नेपाली र दुई भारतीयले साेमबार अपराह्न हिमाल आरोहण गरेको विभागले जनाएको छ। चालु याममा पुमरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ। 

वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी छ। सगरमाथा आरोहण वैशाख २४ देखि सुरु भएको थियो। कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने  कार्यसँगै व्यावसायिक आरोहण शुरु भएको हो।

संस्कृति मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथाका मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन्।रासस

Skip This
Skip This
Logo