आजदेखि कालीमाटी तरकारी बजार बन्द

आजदेखि कालीमाटी तरकारी बजार बन्द

केन्द्रबिन्दु
0
Shares

आजदेखि कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालीमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्न लागेको छ। 

समितिले आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि कालीमाटी  बजार बन्द गरिने जनाएको छ। 

समितिद्वारा जारी सूचनामा भनिएको छ,  ‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुनेछ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुनेछ। 

थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइनेछ। थोक पसलमा अधिकतम २ जना बसेर सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ। बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडासमेत लैजान पाइने छैन।

Skip This
Skip This
Logo