पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक गण्डकीको मुख्यमन्त्री पदमा नियुक्त

पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक गण्डकीको मुख्यमन्त्री पदमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

प्रदेश संसदमा सबैभन्दा बढी प्रदेश सभा सदस्यहरू भएको पार्टी एमाले भएको र सोही पार्टीको संसदीय दलको नेता गुरुङ भएकाले उनी फेरि मुख्यमन्त्री भएका हुन्।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्री भएका हुन्।

उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुखले तीन दिनको समय दिएपनि कांग्रेस, माओवादीसहितको विपक्षी गठबन्धनले बहुमत पुर्याउन सकेन।

जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर नगर्दा गठबन्धनले बहुमत पुर्याउन नसकेको हो।

अब नवनियुक्त मुख्यमन्त्री गुरुङले ३० दिनभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

लिन नसके उपधारा (५) अनुसार सरकार गठनको विकल्प भएपनि सिधै मध्यावधि निर्वाचनमा गण्डकी प्रदेश जान सक्ने सम्भावना बढेको छ।

Skip This
Skip This
Logo