नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा माधव नेपाल पक्षका नेताहरूमाथि गरिएको कार्वाही फुकुवाको विषयमा छलफल हुने एमाले स्रोतले बतायो ।
पार्टीभित्र गुटगत गतिविधि जारी राखेको भन्दै एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
माधव नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा गर्ने चर्चाका बीच उनीहरू माथिको कार्वाही फुकुवा गर्ने तयारी स्वरुप ओलीले स्थायी कमिटी बैठक बोलाएका बताइएकाे छ ।





























प्रतिक्रिया