सगरमाथा सफा गर्ने क्रममा भेटियो मानव कंकाल

सगरमाथा सफा गर्ने क्रममा भेटियो मानव कंकाल

केन्द्रबिन्दु
0
Shares

सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ। 

सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो।

त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।   

मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पुर्याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ।

Logo