सांसदको संख्या गन्ने काम रोकियो त प्रधानमन्त्री ज्यु, अब संक्रमण घटाउनतिर लागौं न: गगन थापा

सांसदको संख्या गन्ने काम रोकियो त प्रधानमन्त्री ज्यु, अब संक्रमण घटाउनतिर लागौं न: गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमित र मृतकको संख्या घटाउनतिर ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै आज थापाले यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिएको टिप्पणी नेता थापाको थियो । 

उनले भनेका छन्,
‘प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै, प्रधानमन्त्री ज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔँ।’


 

Logo