पुरानै सदस्यलाई निरन्तरता दिँदै प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार

पुरानै सदस्यलाई निरन्तरता दिँदै प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा दिएका छन्। 

विस्तारित मन्त्रिपरिषदमा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए।

Logo