एमाले विवाद: पार्टी पुरानै अवस्थामा फर्किने नेपाल पक्षको दाबी

एमाले विवाद: पार्टी पुरानै अवस्थामा फर्किने नेपाल पक्षको दाबी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन्। 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए। 

“२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो,” नेता रावलले भने, “त्यसका  लागि कार्यदल बनाइनेछ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुनेछ।”

उनका अनुसार  छलफल फेरि अगाडि बढाइने छ। शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो।

Skip This
Skip This
Logo