सेनाले विराटनगरबाट ल्यायो ४५९ सिलिण्डर अक्सिजन, अस्पतालहरुलाई दिईंदै

सेनाले विराटनगरबाट ल्यायो ४५९ सिलिण्डर अक्सिजन, अस्पतालहरुलाई दिईंदै

केन्द्रबिन्दु
0
Shares

सेनाले शुक्रबार गृह मन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ। 

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौँ ल्याएको थियो।

विराटनगरबाट काठमाडौँ ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफ्नो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर सङ्कलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो।

पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

Logo