कोरोना कहरका बीच पनि तानियो रातो मच्छिन्द्रनाथको रथ

कोरोना कहरका बीच पनि तानियो रातो मच्छिन्द्रनाथको रथ

केन्द्रबिन्दु
0
Shares

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ।

हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ। कोरोना संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ। रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजापछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो। 

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो। यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्रसमेत तोकेको छ। 

गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो। यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ। रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मीटरको दूरीमा निषेधित क्षेत्र तोकेको छ। 

कोरोना महामारीकाबीचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ। अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी कायम गरिएको छ। कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थाबाट उत्तरतर्फ रहेको सोह्रखुट्टेपाटीसम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ।

Skip This
Skip This
Logo