काभ्रेमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेहरुमा नमोबुद्ध नगरपालिकाका ७० वर्षिय पुरुष, मण्डनदेउपुर नगरपालिकाका ६६ वर्षिय पुरुष, सर्लाहीका ५५ वर्षिय महिला, धनकुटाका ५२ वर्षिय पुरुष र बनेपाका ८३ वर्षिय पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा हालसम्म मृत्यु हुनेहरुको संख्या ११८ पुगेको छ। उनीहरु मध्ये ८० जना काभ्रेका रहेका छन् भने ३८ जना अन्य जिल्लाका हुन्।
आज चौंरीदेउरालीका २ पुरुष, बनेपा नगरपालिकामा ९ महिला, ९ पुरुष, धुलिखेलका ११ महिला, १३ पुरुष, नमोबुद्धका ३ पुरुष, पाँचखालका १ महिला, ५ पुरुष, तेमालका ३ पुरुष, पनौतीका ६१ महिला ७६ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष र रोशी गाउँपालिकामा १ महिला २ पुरुष नयाँ संक्रमित थपिएका छन्।
अब काभ्रेमा संक्रमित संख्या ५ हजार ७१८ पुगेको छ। सक्रिय संक्रमितको संख्या १ हजार ९५४ पुगेको छ।
आज जिल्लामा ५३ जना निको भएका छन् ।






























प्रतिक्रिया