पराजितसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो

पराजितसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनाले अग्रता जोगाउन नसक्दा सेल्टा डि भिगोसँग पराजित हुँदै स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ ।

नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई हराउन सान्टी मिनाले दुई गोल गरे । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । खेलको २८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलकाे ३८औं मिनेटमा सान्टी मिनाले बराबरी गोल फर्काए ।

निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा सान्टी मिनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई पराजित गरेकाे हाे । 

Logo