नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्।
पूर्वअर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन्। उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए।
सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनु पर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताए। बजेट विधिपूर्वक ल्याउनु पर्ने र बजेट अघिको प्रिबजेट छलफल पनि जरुरी रहेको उनले उल्लेख गरे।
उनले भने,– ‘विधिपूर्वक प्रिबजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ। त्यसको आधारमा संसदमा पेश गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन। त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो। विश्वासको मत नलिइकन बजेट पेश गर्नुपर्ने अवस्था आयो भने आन्तरिक बजेट/काम चालउ बजेट पेश गर्ने। राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरु पनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ।’
बिगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम/काम चलाउ बजेट ल्याउनुपर्ने उनले बताए।





























प्रतिक्रिया