जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन्।
तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन, वितरण, बेड, उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गर्न सबैमा अपिल गरेका छन्।
जनताको जीउ ज्यान रहे मात्र राजनीति गरौंला भन्दै यो महाव्याधिसँग लड्न सुझाव दिएका छन्। उनले आजै ट्वीटमार्फत यो आवहान गरेका हुन।
उनले ट्वीटरमा यस्तो लेखेका छन्ः–अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित होउँ । तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण, बेड/उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं! जनताको जीउ ज्यान रहे राजनीति हुँदै गर्ला!
































प्रतिक्रिया