सपथग्रहण विवादमा प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश (भिडियोसहित)

सपथग्रहण विवादमा प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गर्दै अन्तिम निर्णय त्यसपछि हुने बताएको छ ।

कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको छ। तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक तथा चुनौतीपूर्ण हुने चेतावनी दिँदै जथाभावी आईसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य जटिलताका बीच मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले घातक हुनसक्ने मन्त्रालयको भनाइ छ। 

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा यसविषयमा बहस सुरु भएको छ। विशेष गरेर बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडि नै संसदबाट पारित हुनुपर्ने बजेटका प्राथमिकता र सिद्धान्त अझै पेस हुन सकेको छैन। यसबारे सरकार पनि मौन छ। यस विषयमा पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूले आगामी आर्थिक वर्षको पूर्ण बजेट अल्पमतको सरकारले ल्याउन नसक्ने बताएका छन्। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार अल्पमतको भएकाले काम चलाउन बजेटमात्र ल्याउन योग्य रहेको बताएका छन्। 

शेयर बजारमा तीन दिनयता निरन्तर उछाल देखिएको छ। आइतबारको तुलनामा सोमबार थोरै कम भएको कारोबार रकम मंगलबार फेरि उचालिएको हो। बजार ३४.६८ अंकको फराकिलो वृद्धिसहित २७ सय ९३ अंकमा उक्लिएको छ। २ सय १५ कम्पनीको ११ अर्ब ३५ करोड रुपैयाँको किनबेच भएको छ। निषेधाज्ञाको अवधि बढेसँगै अन्य व्यापार ठप्प हुँदा त्यहाँको पूँजी शेयर बजारमा आएको विश्लेषकहरु बुझाइ छ।

अन्य क्षेत्र जस्तै कोरोना असरले विश्व खेलकुद पनि प्रभावित बनेको छ। यससँगै नेपाली खेलकुद क्षेत्र र पूर्वनिर्धारित कार्यतालिका पनि प्रभावित बन्न पुगेको छ। विशेष गरेर तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू तालिका अनुसार सम्पन्न हुन सकेका छैनन् । यसले खेल क्षेत्रमात्र नभएर खेलाडीहरूलाई समेत नराम्रोसँग प्रभावित बनाएको छ। 

Skip This
Skip This
Logo