बर्दघाटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बर्दघाटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट रुकुम जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीकाे दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

केही यात्रु घाइते भएका छन् । उक्त दुर्घटनामा अन्य घाइते भएकाहरुलाई उद्धार गरी चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले बताए ।

काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटना भएको उनले जानकारी दिए ।

सो घटनामा उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउन बाँकी छ । मृतककाे सनाखत हुन र घाइतेकाे संख्या एकछिनमा थाहा हुने प्रहरीले जनाएकाे छ । 

Logo