काठमाडौँमा बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ।
अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदलि भइ पानी परेको हो। जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातका कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ।
वर्षाका कारण नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरीसहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ।
ताउ–ते चक्रवात (सामुद्रिक आँधी) को प्रभाव बुधबारदेखि शुक्रबारसम्म रहने बताइएको छ। चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमशः पूर्वतर्फ बढ्दै गएर बाहिरिनेछ।





























प्रतिक्रिया