राष्ट्रियसभाको उपनिर्वाचन अबकाे केहिबेरमा सुरू हुँदैछ । सहभागी हुने मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। बिहान ९ बजेदेखि सुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ।
वाग्मती प्रदेश अन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दैछन्।





























प्रतिक्रिया