साताको अन्तिम दिन नेप्से ६.३७ अंकले बढ्याे

साताको अन्तिम दिन नेप्से ६.३७ अंकले बढ्याे

केन्द्रबिन्दु
0
Shares

साताकाे अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अंकले बढेकाे छ। बुधबार १३.०९ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने ६.४७ अंकले बढेर २ हजार ७८७.१८ अंक पुगेर काराेबार बन्द भएको छ । 

बुधबार शेयर बजार सूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको थियो। आज दिनभरमा २१४ कम्पनीको शेयर किनबेच भएकाे छ। तर काराेबार भएकाे शेयर संख्या र रकममा भने गिरावट आएको छ। 

बुधवार २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर किनबेच भएकाेमा विहीबार २ कराेड १ लाख ३३ हजार ६०२ कित्तामा सीमित भएकाे छ। काराेबार रकम पनि अघिल्लाे दिनकाे ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँबाट बढेर ९ अर्ब ३० करोड ५२ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । 

बिहीबार ट्रेडिङ समूह २२.६३ अंक, इन्भेष्टमेन्ट समूह ०.७५ अंक, जीवन बीमा समूह ७८.८५ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ५६.८२ अंक, माइक्रोफाइनान्स समूह १३.२३ अंक, होटल तथा पर्यटन समूह २३.६७ अंक, हाइड्रो पावर समूह ४२.४९ अंक र निर्जीवन बीमा समूह २३.४७ अंकले घटेको छ। 

त्यस्तै, बिहीबार बैंकिङ समूह १७.३४ अंक, फाइनान्स समूह ८९.२६ अंक, अन्य समूह १.८० अंक र डेभलपमेन्ट बैंक समूह ११३.४४ अंकले बढेको हो।

Skip This
Skip This
Logo