मन्त्रिपरिषद् बैठक: जेठ ९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिने

मन्त्रिपरिषद् बैठक: जेठ ९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिने

केन्द्रबिन्दु
0
Shares

आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

स्रोतका अनुसार संसदको बर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय भएको हो। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत तत्काल नलिने भएका छन्।

केहि दिनमै विश्वासको मत लिने भनेर प्रधानमन्त्रीले यसअघि भनेपनि तत्काल विश्वासको मत नलिने प्रधानमन्त्रीले बताएका हुन् । प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत नलिए संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त हुनेछ।

उपधारा ५ मा संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलले बहुमत पुर्याउन नसके बहुमत दावी गर्ने जो–कोहि सांसद तयार हुन्छ, उसैलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउने उल्लेख छ ।

त्यसबेला बन्ने प्रधानमन्त्रीले पनि ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ, अन्यथा मुलुक मध्यावधि निर्वाचनतर्फ लम्किने छ।

जसपाको दुई ध्रुव मिल्न र माधव पक्षले आज भएको राष्ट्रसभा उपनिर्वाचनमा गरेको फ्लोर क्रसका कारण प्रधानमन्त्रीले यस्तो निर्णय लिएको हुन सक्ने स्रोतको बुझाई छ।

Logo