नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाका आठवटै स्थानीय तहलाई कोरोना महामारीविरुद्ध लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ।
रामेछापका दुई नगरपालिका र ५ वटा गाउँपालिकाका कार्यालयमै पुगेर सम्पर्क मञ्चले काठमाडौंमा संकलन गरेका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको मञ्चले जनाएको छ।
सबै स्थानीय तहलाई दुई दुई हजार थान मेडिकल मास्क, १५ लिटरका दरले स्यानिटाइजर र पाँच पाँच थान पिपिई सेट महामारीसँग जुध्न सहज होस् भनेर वितरण गराइएको नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेकबहादुर श्रेष्ठले बताए।
उनका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको रोहबरमा स्वास्थ्य शाखा प्रमुखलाई ती सामाग्री बुझाइएको छ। सम्पर्क मञ्चको टोली सामाग्री वितरण गरेर काठमाडौं फर्किएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।
उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी, दोरम्बा र सुनापाति गाउँपालिका तथा मन्थली र रामेछाप नगरपालिकामा ती सामाग्री हस्तान्तरण गरिएका छन्।































प्रतिक्रिया