वैकल्पिक सरकार गठनका लागि महन्थ ठाकुरलाई साथमा लिएर ओली नै अघि सर्ने !

वैकल्पिक सरकार गठनका लागि महन्थ ठाकुरलाई साथमा लिएर ओली नै अघि सर्ने !

केन्द्रबिन्दु
0
Shares

एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै वैकल्पिक सरकार गठनका लागि अघि सर्ने भएका छन्। जसका लागि बिहीबार बेलुकी नै ओली र ठाकुर राष्ट्रपति कार्यालय पुगेका थिए।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र जसपा अध्यक्ष ठाकुरबीच करिब दुई घण्टा छलफल भएको छ।

राष्ट्रपति कार्यालयले बिहीबार राति सूचना जारी गरे लगत्तै ओलीले वैकल्पिक सरकार गठनका लागि जसपाका अध्यक्ष ठाकुरसँग छलफल गरेका हुन्। 

एमालेका १२१ र जसपाका २० सांसदसहित वैकल्पिक सरकार बनाउन ओली अघि बढेको स्रोतले बतायो। 

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार बनाउन संसदीय दलको सहमति नचाहिने र जुनसुकै पार्टीका सांसदको पनि समर्थन भए पुग्ने भएकाले यसपटक पनि ओली अघि बढ्ने भएका हुन् । ठाकुर र ओलीबीच छलफल भएपनि निर्णय भने नभएको बताइएको छ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभामा सदस्य रहेको व्यक्तिलाई बहुमत पेश गर्नका लागि शुक्रबार (आज) ५ बजेसम्मको समय दिएकी छिन्।

Skip This
Skip This
Logo