सर्वदलीय बैठक सकियो, आजै उपयुक्त कदम चाल्छौंः प्रचण्ड

सर्वदलीय बैठक सकियो, आजै उपयुक्त कदम चाल्छौंः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै उपयुक्त कदम चालिने बताएका छन्। देउवा निवासबाट बाहिरिंदै गर्दा प्रचण्डले आजै उपयुक्त कदम चालिने बताएका हुन्। 

राष्ट्रपतिको हिजोको आह्वानका र बैकल्पिक सरकार निर्माण गर्ने विषयमा आयोजित सर्बदलीय बैठकमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ। 

यस्तै कांग्रेसले भने ३ बजे संसदीय दलको कार्यालयमा सबै नेताहरु जम्मा भएर आवश्यक निर्णय लिने भएको छ। बैठकबाट बाहिरिएपछि एमाले नेता माधव नेपाल पनि आफूनिकट नेताहरुलाई बैठक गर्न सिंहदरबार प्रस्थान गरेका छन्।

जसपा यादव पक्षले पनि छुट्टै बैठक बोलाएको छ। बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने  निर्णय भएको पनि बुझिएको छ।

बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ। 

संयुक्त बैठकअघि माधव नेपाल, माओवादी र जसपाको उपेन्द्र समूहबीच पनि छुट्टै छलफल हुनेछ। 

Logo