नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा बरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुको भूमिकामाथि प्रश्न उठेको छ।
शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई मतदान नगरेको तथा प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै भूमिकामाथि प्रश्न उठेको हो।
बैठकमा नेता नेपाल पक्षका कार्यदलमा सहभागी नेताहरुले पुनः संसद विघटनको आशंका व्यक्त गरेका थिए। कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले संसद विघटन नहुने आश्वासन दिएको बताए।
ज्ञवालीले माधव नेपाल समूहका सांसदहरुले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्नु गम्भिर कुरा भएको टिप्पणी गरे। कम्युनिष्ट पार्टीमा त्यस्तो कुराको कल्पना नगरिने भन्दै उनले कल्पना बाहिरका विषय उठेका र तिनको समीक्षा गर्दै समाधान गर्ने हरसम्भव प्रयत्नका साथ अघि बढ्ने बताए।
नेकपा (एमाले)को विवाद समाधान गर्न दुवै पक्ष सम्मिलित कार्यदल बने पनि बिहीबारको राष्ट्रिय सभा उपनिर्वाचनमा नेता नेपाल पक्षले असहयोग गर्नु र प्रधानमन्त्रीमा विपक्षी दललाई सघाएको घटनाबाट अध्यक्ष ओली पक्षलाई शंका पैदा गराएको छ।





























प्रतिक्रिया