‘अकबरे खोर्सानी’ लिएर आए रामहरी भण्डारी (भिडियोसहित)

‘अकबरे खोर्सानी’ लिएर आए रामहरी भण्डारी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गोल्डेनको सारीमा, कौवा करायो, ड्राइभरको कहानी जस्ता दर्जनौं चर्चित गीत गाएका गायक सर्जक रामहरी भण्डारीको नयाँ मौलिक लोकदोहोरी गीत अकबरे खोर्सानी डिएआर मुभिज एण्ड फिल्मसको औपचरिक च्यानलबाट बजारमा आएको छ।  

श्रीमान श्रीमतीको एक अर्का प्रतिको गुनासो समेटिएको गीतको शब्द श्रृजना  इन्द्र मगरको हो, संगीत स्वयं रामहरी भण्डारीले गरेका हुन्। गीतको रेकर्ड संगीत सरोबर डिजिटल रेकर्डिंग स्टुडियोमा भएको हो भने मिक्सिङ/मस्टरिंग गोबिन्द सोनीले गरेका हुन्।

साजन पराजुलीद्वारा निर्देशित भिडियोमा गायक/मोडल दिनेश तामाङ र श्याममाया गुरुङको अभिनय रहेको छ। भिडियोको छायांकन नुवाकोटमा भएको हो । छायांकन डिका गुरुङले गरेका हुन् भने सम्पादन कृष्ण गौतमले गरेका हुन्। भिडियो:

 

Skip This
Skip This
Logo