गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाएका छन् ।
शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन्। उनले हालै विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् ।
शेर्पाले सन् २००४ मा 'गीत एक अक्षर'को नामक एल्बममा देवनागरी लिपिको एक अक्षर 'म' मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत हालै मात्र रेकर्डको रुपमा स्वीकार गरेको छ।
यसैको आधिकारिक प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्वकै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्डसमेत शेर्पाले राख्न सफल भएका हुन्।































प्रतिक्रिया